माया गर्ने मुटुले निधारले होइनः सांसद योगेश भट्टराई
पाेखरा | माघ ५, २०७९
पोखराः नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले सभामुखका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्न नेपाली कांग्रेसलाई आह्वान गरेका छन् ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुखका उम्मेदवार घिमिरेलाई मत माग्दै कांग्रेसले मुटुदेखि नै प्रधानमन्त्रीलाई समर्थन गरेको कि निधार देखि भन्दै प्रश्न गरेका छन ।
‘प्रधानमन्त्रीलाई कांग्रेसले विश्वास मत दिएको छ, बिहान प्रमोद खरेलको गीत सुने, माया गर्ने मुटुले हो निधारले होइन, उनले भने, प्रधानमन्त्रीलाई मुटुबाट नै माया गरेको हो भने सभामुखलाई पनि मतदान गर्न अनुरोध छ ।'
उनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गरे ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

